Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हामी जन्त जाँदा रुने, मलामी जाँदा हाँस्ने केपी ओली होइनौँ : प्रचण्ड

हामी जन्त जाँदा रुने, मलामी जाँदा हाँस्ने केपी ओली होइनौँ : प्रचण्ड

  • आइतवार, माघ ४ २०७७

  • 1.2K
    SHARES

  • हामी जन्त जाँदा रुने, मलामी जाँदा हाँस्ने केपी ओली होइनौँ : प्रचण्ड

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लडेर ल्याएको उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले खुशीयाली मनाउन नसक्ने बताउनुभएको छ।

    काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले जनताले लडेर ल्याएका उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले उत्सव मनाउन नसक्ने बताउनुभएको हो।

    केही दिनअघि जोकरको पछाडि कोही नलाग्ने भन्ने दाहालले दिएको अभिव्यक्तिको जवाफ दिँदै शनिबार एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जनता हँसाएकोमा कोहीलाई आपत्ति भएको भन्दै कटाक्ष गर्नुभएको थियो।

    दाहालले आइतबार फेरि ओलीलाई जवाफ दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीजीले मैले मान्छेलाई हँसाए भनेर किन पीर परेको होला भनेर मलाई प्रश्न गर्नुभएछ। मलाई पीर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ। हामी मातङ मनाएका छौँ। मान्छे मर्‍यो, बा आमा मरेपछि जो चिन्ता हुन्छ परिवारको सबैलाई, त्यो चिन्ताको बेला हामी कमिक गर्न सक्दैनौँ, हाँस्न सक्दैनौँ। तपाईँ त्यस्तो मान्छे हुँनुहुँदो रहेछ।’

    अध्यक्ष दाहालले संविधान र संघीय लोकतान्त्रीक गणतन्त्रमाथिको प्रहारले देश स्तब्ध हुँदा प्रधानमन्त्री ओली हाँस्दै हिँडेको आरोप लगाउनुभयो।

    ‘गणतन्त्रको उत्सवमा जनता नाच्दै हिँड्दा तपाईं रुँदै हिँड्नुभएको थियो । बयलगाडाको कथा हाल्दै । आज तपाईंले संविधानमाथि प्रहार गर्दा सिंगो देश स्तब्ध छ, तपाईं हाँस्दै हिँड्नुभएको छ । विचित्र यही भयो भनेको मात्रै हो । तपाईंको उल्टो खोपडी देखेर अनौठो भाव व्यक्त गरेको मात्रै हो । जति कमिक गर्न चाहनुहुन्छ गर्नुस् । तपाईंलाई त्यो स्वतन्त्रता छ । तर, तपाईंको कमिक जोकरले देखाएको जोकिङ् बाहेक केही होइन भन्ने अधिकार हामीलाई पनि छ ।’

    प्रचण्डले आफूहरु केपी ओलीजस्तो बिहेमा जाँदा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने मान्छे नभएको पनि बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘युवाहरु गणतन्त्रको उत्सव मनाइरहेका बेला रुँदै हिँड्नु भयो। संविधानमाथि तपाईंले प्रहार गर्दा सिंगो देश स्तब्ध भएर बसेको छ। तपाईं हाँस्दै हिँड्नुभएको छ। विचित्र यही भयो मात्रै भनेको हो।’

    उहाँले अगाडि भन्नुभयो, ‘हामी जन्त जानेबेलामा रुँदै जाने र मलामी जाँदा हाँस्दै जाने केपी ओली होइनौँ। हामी मलामी जाँदा चिन्ता गरेरै जान्छौँ। जन्त जाँदा हामी हाँस्ने गरेरै जाने गर्छौँ। हामी त्यस्ता स्वाभाविक मान्छे हौँ। उहाँ अस्वभाविक हुनुभएको छ। त्यसकारण हामी गम्भीर स्थितिमा छौँ। हाम्रो आन्दोलन जुझारु हुन आवश्यक छ।’

     


    आइतवार, माघ ४ २०७७०४:१५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij