Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भारतमा एकैदिन करिब २ लाखले खोप लगाए, स्वास्थ्यमा समस्या देखिए क्षपिपूर्ति दिने

भारतमा एकैदिन करिब २ लाखले खोप लगाए, स्वास्थ्यमा समस्या देखिए क्षपिपूर्ति दिने

  • आइतवार, माघ ४ २०७७

  • 668
    SHARES

  • भारतमा एकैदिन करिब २ लाखले खोप लगाए, स्वास्थ्यमा समस्या देखिए क्षपिपूर्ति दिने

    एजेन्सी । भारतमा कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन शनिबार करिब २ लाख व्यक्तिले खोप लगाएका छन् । हिजो १ लाख ९१ हजारलाई खोप दिइएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    विश्वकै ठूलो खोप अभियान अन्तर्गतको खोप अभियानमा ३ हजार ३ सय ५१ सत्रमार्फत कोभ्याक्सिन र कोभिसिल्डको खोप दिइएको हो । खोप लगाएकामा कुनै समस्या नदेखिएको भारतीय स्वास्थ्य मन्त्रालयले दाबी गरे पनि दिल्लीमा खोप लगाएका केहि व्यक्तिमा एलर्जीको समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको बताइएको छ ।

    यसैबीच, भारतको बायोटेककले कोभ्याक्सिन खोप लगाए पछि कसैलाई गम्भीर प्रतिकूल प्रभाव देखिएमा त्यसको क्षतिपूर्ति दिने घोषणा गरेको छ । खोप लगाउनु अघि भरेको फारममा नै प्रतिकूल वा गम्भीर प्रभाव भएमा सरकारी अस्पताल र चिकित्सकबाट उपचार प्रदान गरिने उल्लेख छ ।

    यता, राम मनोहर लोहिया (आरएमएल) अस्पतालको रेजिडेन्ट चिकित्सक एसोसिएसनले अक्सफोर्डद्वारा उत्पादित खोप मात्र लगाउन अनुरोध गरेको छ । आरडीएले मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दै रेजिडेन्ट चिकित्सकहरुलाई कोभ्यासिनमा सन्देह भएको भन्दै खोप अभियानमा भाग नलिने पनि स्पष्ट पारेको छ ।


    आइतवार, माघ ४ २०७७१०:४१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij