Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टी चलाउन चीनबाट सिक्नुपर्छ : नेकपा नेतृ पम्फा भुसाल

पार्टी चलाउन चीनबाट सिक्नुपर्छ : नेकपा नेतृ पम्फा भुसाल

  • आइतवार, आषाढ २८ २०७७

  • 738
    SHARES

  • पार्टी चलाउन चीनबाट सिक्नुपर्छ : नेकपा नेतृ पम्फा भुसाल

    काठमाडौं । नेकपाकी नेतृ तथा सांसद पम्फा भुसालले पार्टी चलाउन चीनबाट सिक्नुपर्ने बताउनु भएको छ । चीनसँग पार्टी सञ्चालन सम्वन्धी अभुतपुर्व अनुभव भएकाले पार्टी चलाउन चीनबाट सिक्नु पर्ने उहाँको भनाई छ ।

    झण्डै ७१ बर्षदेखि सत्ता सञ्चालन गरिरहेको चिनिया कम्युनिष्ट पार्टीले पार्टी फुटाउने प्रयास नगरेको उहाँको दावी छ । चिनियाँ राजदूतले शिर्ष नेताहरुलाई भेटघाट गर्नु गलत नभएको तर्क गर्दै उहाँले जुटाउनका लागि गरिएको प्रयासलाई नकारात्मक रुपमा लिन नहुने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ भुसालले सुवेच्छुक देशका राजदूतले पुर्व प्रधानमन्त्रीहरुलाई भेट्नु के नराम्रो कुरा भयो र भनेर प्रतिप्रश्न गर्नुभयो । नेपालमा चिनियाँ सक्रियतालाई स्वागत गर्दै उहाँले भारतको सक्रियता फुटाउनका लागि र चीनको सक्रियता जुटाउनका लागि भएको दावी गर्नुभयो ।

    नेकपा नेतृ भुसालले ठोकुवा गर्दै भन्नुभयो, “चीनले नेपालमा कुनै हस्तक्षेप गरेको छैन, अव पनि गर्दैन ।”तत्कालिन माओवादीले जनयुद्ध गर्दा भारतमा सहयोग गरेको र अहिले चिनियाँ पक्षमा उभिएको आरोप बारे गरिएको प्रश्नमा उहाँले बच्कना कुरा नगर्नुस् भन्दै जवाफ दिन इन्कार गर्नुभयो ।

    उहाँले जनयुद्ध नेपाली जनताले गरेको दावी गर्दै त्यसमा भारतीय संलग्नता थियो भन्नु जनता र आन्दोलनको अपमान भएको टिप्पणी गर्नुभयो । अहिले प्रधानमन्त्री फेरिन्छ की फेरिदैन भन्ने प्रश्नमा पनि उत्तर दिन सक्नु भएन ।


    आइतवार, आषाढ २८ २०७७१०:१०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij