Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रथम अध्यक्षसँग महासचिव जहाँ छन्, आधिकारिक पार्टी त्यही हो– सुवास नेम्वाङ

प्रथम अध्यक्षसँग महासचिव जहाँ छन्, आधिकारिक पार्टी त्यही हो– सुवास नेम्वाङ

  • शनिवार, माघ ३ २०७७

  • 961
    SHARES

  • प्रथम अध्यक्षसँग महासचिव जहाँ छन्, आधिकारिक पार्टी त्यही हो– सुवास नेम्वाङ

    काठमाडौं ।  नेकपा ओली समूहका नेता सुवास नेम्वाङले प्रथम अध्यक्षसँग महासचिव विष्णु पौडेल जहाँ छन्, त्यही पार्टी नै आधिकारिक हुने धारणा दाबी गर्नुभएको छ । अध्यक्ष, महासचिव र माइन्यूट भएको पार्टी नै आधिकारिक भएको तर्क गर्दै नेता नेम्वाङले महासचिवले नबोलाएको बैठकका निर्णय कसरी वैध हुन्छन् भन्दै प्रश्न गर्नुभयो ।

    ओली पक्षीय नेकपाको प्रदेश १ को भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले आफूहरु पार्टी एकताकै पक्षमा रहेकाले कसैलाई कारबाही नगरेको पनि प्रष्ट पार्नुभयो । ‘उहाँहरुले कारबाहीको सिलसिला अगाडि बढाउनुभयो, तर हामीले अहिलेसम्म पनि कसैलाई कारबाही गरेका छैनौं’, उहाँले भन्नुभयो, ‘यसले पनि के देखाउँछ भने हामी पार्टी एकताको पक्षमा छौं ।’

    नेता नेम्वाङले आफूले अर्को पक्षको नयाँ अध्यक्षलाई नचिन्ने बताउनुभयो । माधवकुमार नेपालप्रति लक्षित गर्दै उहाँले केपी ओलीसँग महाधिवेशनमा हारेका व्यक्ति अहिले अध्यक्ष भएको बताउनुभयो ।

    उहाँले प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको कुरा गरिरहेका बेला पार्टीमा फुट आएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताउनुभयो । नेम्वाङले भने, ‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरिरहेका बेलामा पार्टीमा यस्तो अवस्था किन आयो ? यसको जवाफ हामी विस्तारै पाउने छौं।’

    नेम्वाङले ओलीलाई अस्वीकार गरेर के गर्न खोजिएको भन्दै त्यसको जवाफ जनताले खोजिरहेको बताउनुभयो । साथै उहाँले निर्वाचन आयोगले आचार संहिता जारी नगरेसम्म वर्तमान सरकारले पूर्णरुपमा काम गर्ने पनि बताएका छन् । कतिपयले सरकारलाई काम चलाउ भइसकेको भन्ने टिप्पणी गरेको भन्दै उहाँले भन्नुभयो, ‘यो सरकारले सबै काम गर्न पाउँछ, यसबारे संविधानको धारा ७७ मा प्रष्ट उल्लेख छ ।’


    शनिवार, माघ ३ २०७७०३:३३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij