Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड जस्तो इमानदार अरु कोही छैन– माधव नेपाल

प्रचण्ड जस्तो इमानदार अरु कोही छैन– माधव नेपाल

  • शनिवार, माघ ३ २०७७

  • 1.1K
    SHARES

  • प्रचण्ड जस्तो इमानदार अरु कोही छैन– माधव नेपाल

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बोली र व्यवहारमा प्रचण्ड जस्तो इमान्दार नेता अरु कोही नभएको बताउनुभएको छ । दाङमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपालले भन्नुभयो, ‘विध्वंशको अर्को नाम केपी ओली हो । प्रचण्ड जस्तो व्यवहारमा इमान्दार नेता अरु छैनन् । केपी ओलीमा त नैतिकतानै छैन ।’

    अर्को प्रसंगमा नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँगको प्रचण्ड र आफ्नो भेटपछि संयुक्त आन्दोलनको वातावरण बनेको बताउनुभएको छ । उहाँले चाँडैनै कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्ने र प्रतिनिधिसभा पुनःस्थापना भएपछि कांग्रेससँगै मिलेर सरकार बनाउने बताउनुभयो ।

    नेपालले केपी ओलीसँग केही व्यक्ति नेकपाबाट चोइटिएर गए पनि त्यसले पार्टीलाई असर नपर्ने दावी गर्नुभयो । नेपालले पार्टी मिलाउने बामदेव गौतमको अभियान बालुवा पेलेर तेल निकाल्नु जस्तै रहेको टिप्पणी समेत गर्नुभयो ।


    शनिवार, माघ ३ २०७७०३:०९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij