Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images
संसद विघटन

प्रतिनिधिसभा विघटनविरुद्ध नागिरक अगुवाले गरे काठमाडौंमा प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नागिरक अगुवाले गरे काठमाडौंमा प्रदर्शन

‘आफ्नो कुर्सी हल्लिन थालिसकेपछि ओलीले संसद् नै भंग गरिदिए’
  • शनिवार, माघ ३ २०७७

  • 784
    SHARES

  • प्रतिनिधिसभा विघटनविरुद्ध नागिरक अगुवाले गरे काठमाडौंमा प्रदर्शन

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडौंको माइतीघरमा आज प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो ।

    प्रदर्शनकारीहरुले ’प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।’, ’संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।’, दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।’ लगायतका नारा लेखिएका प्लेकार्डहरु बोकेर प्रदर्शन गरेका थिए ।

    कार्यक्रममा बोल्दै डा. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेको र उसले संविधानको रक्षा गर्नुपर्ने बताउनुभयो । उहाँले संवैधानिक अंगहरु शक्ति पृथकीकरणको सिद्धान्तअनुसार चल्नुपर्ने पनि बताउनुभयो । त्यस्तै केसीले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार, अपराध, दलाली, धाँधली गरेको र गर्नेहरुलाई पनि संरक्षण दिएको आरोप लगाउनुभएको छ ।

    डा. केसीले संवैधानिक व्यवस्थाविपरीत प्रतिनिधिसभा विघटन गरेको पनि बताउनुभयो । केसीले भन्नुभयो, ‘आफ्नो कुर्सी हल्लिन थालिसकेपछि ओलीले संसद् नै भंग गरिदिए ।’

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको र न्यायालय जनताको निगरानीमा रहेको केसीले बताउनुभयो । यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले न्यायालयमाथि हस्तक्षेप गर्न नहुनेमा पनि केसीले जोड दिनुभयो । नेताहरुले जनमतलाई कुल्चिएको उल्लेख गर्दै केसीले दुई तिहाई मतसहितको सरकार बनाएपछि जनताका लागि काम गर्छन् र मुलुकमा स्थायित्व कायम हुन्छ भन्ने जनताको विश्वास तोडिएको बताउनुभयो ।


    शनिवार, माघ ३ २०७७०३:०३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij