काठमाडौं । नेपाल भारत प्रवुद्ध व्यक्ति समूह (इपिजी)मा भारत तर्फका सदस्य महेन्द्र पी लामाले सिमा विवाद भएपनि नेपाल –भारतको अन्य सम्वन्ध भने कायमै रहेको बताउनु भएको छ ।
नेपाल र भारतका बीचमा विवाद भएपनि दुई देशको सम्बन्ध समेत प्रगाढ रहेकाले सिमा समस्या छिट्टै समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा लामाले भन्नुभयो “सिमा विवादले गर्दा नेपाल र भारतको सम्बन्ध ठप्प भयो भन्ने होइन, सिमा समस्यालाई जसरी पनि हामीले समाधान गर्नु पर्छ, त्यसैले बार्ताद्वारा समाधान हुन्छ पनि र गर्नै पर्छ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इपिजीको प्रतिबेदन लिनेमा आफू विश्वस्त भएको भारतीय कुटनीतिज्ञ लामाले बताउनुभयो ।