Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने, केन्द्रीय नेताले सम्बोधन गर्ने

काँग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने, केन्द्रीय नेताले सम्बोधन गर्ने

  • शनिवार, माघ ३ २०७७

  • 946
    SHARES

  • काँग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने, केन्द्रीय नेताले सम्बोधन गर्ने

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा आज देशैभरी विरोध प्रदर्शन गर्न लागेको छ ।

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै काँग्रेसले देशभरीका ७५३ वटै स्थानिय तहमा विरोध प्रदर्शन गर्न लागेको हो ।

    पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार आयोजित कार्यक्रममा केन्द्रीय नेताहरु पनि धेरै स्थानीय तहका कार्यक्रममा सहभागी हुन लागेका छन् ।

    काँग्रेसले यसअघि सवै जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा कार्यक्रम गरिसकेको थियो भने अहिले स्थानीय तहमा कार्यक्रम गर्न लागेको हो ।

    काँग्रेसले आगामी ८ गते देशभरका सवै वडामा ओलीको कदम र सरकारका गलत क्रियाकलापका विरुद्धमा प्रर्दशन गर्ने तय गरेको छ ।

    प्रधानमन्त्री ओली र सरकारका विरुद्धमा आफ्नै पार्टी नेकपाको दाहाल नेपाल पक्ष कडा आन्दोलनमा उत्रिएकै बेला प्रमुख प्रतिपक्षी दल पनि आन्दोलित भएको हो ।

    प्रतिनिधि सभा विघटन असंवैधानिक भएको ठहर सर्वसम्मतले गरेको काँग्रेसले सर्वोच्च अदालतले विघटनलाई सही भन्दै निर्वाचनमा जानु पर्ने फैसला गरेमा निर्वाचनमा जान पनि तयार रहेको बताउदै आएको छ ।

    काँग्रेसका केन्द्रीय नेताहरुले विज्ञप्ति जारी गर्दै स्थानीय तहमा हुने आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।


    शनिवार, माघ ३ २०७७०७:५४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij