काठमाडौं । सत्तारुढ नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चितवनबाट फर्केपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता हुने बताउनुभएको छ ।
बाढी–पहिरो र कटानका बारेमा जानकारी लिन आज गृहजिल्ला चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले भरतपुर वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
निरीक्षण पछि स्थानीयसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले चितवनमा बढी र कटानको खबर सुनेपछि आफू प्रधानमन्त्रीसँगको वार्ता रोकेर निरीक्षणमा आएको बताउनुभयो ।
प्रचण्डले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।