काठमाडौं । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारतको छलफलमा चीनलाई पनि समावेश गरेर निश्कर्ष निकाल्नु पर्ने बताउनु भएको छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र चीनसँग पनि जोडिएकोले चीनलाई पनि साथमा राखेर ३ देशको सहकार्यमा छलफल भएमा निश्कर्ष निस्कने श्रेष्ठको ठम्याई छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा श्रेष्ठले भन्नुभयो “१९६१–६२मा चीनको सिमाङकन गर्दा भारतलाई पनि बोलाएको थियो, त्यसैले चीनलाई पनि बैठकमा सहभागी गराई सौहार्दपूर्ण रुपमा समस्या समाधान गर्नुपर्छ, अहिले समय पनि अनुकुल छ त्यसैले सीमाको समस्या समाधान हुन सक्छ ।”
नेपाल र भारतको १८ हजार ८ सय ८० किमि लामो सिमा रेखा रहेकाले त्यसमा ९५ प्रतिशत सिमाङकन भएको र १८२ थान नक्सा पनि भएकाले अव ३ प्रतिशत मात्रै काम बाकीँ रहेको उहाँले जानकारी दिनुभयो । सीमानविद् श्रेष्ठले सिमांकन सम्वन्धी काम ६ बर्ष देखि भइरहेको र विचमा कोभिड–१९ को कारण रोकिएकाले अव चाडै सुरु हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पुराना दस्तावेज, सन्धी सम्झैतालाई पनि आधार मानेर समाधान हुन सक्ने श्रेष्ठको भनाई छ । सिमाविद् श्रेष्ठले सुगौलि सन्धीको धारा ५ ले, १८१९, १८२७ र १८५६ का पुरानो नक्सामा पनि लिपुलेक कालापानी र लिम्पियाधुरा नेपालको भएको प्रमाण रहेकाले भारतले जसरी पनि नेपालको भुमि फिर्ता गर्नु पर्ने बताउनु भयो ।
सन १९६२ देखि भारत र चिनको युद्धमा भारतले हार ब्यहोरे पछि कालापानीमा आफ्ना सैनिक राख्ने नेपालले अनुमति दिएकाले अब उक्त स्थान भारतले नेपाललाई दिनुपर्ने सीमाविद् श्रेष्ठले बताउनु भयो ।