Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्री, राष्ट्रपतिले पाउँछ ?’

‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्री, राष्ट्रपतिले पाउँछ ?’

  • बिहिवार, माघ १ २०७७

  • 960
    SHARES

  • ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्री, राष्ट्रपतिले पाउँछ ?’

    पर्वत । नेपाली  कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताउनुभएको छ ।

    पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाउनुभयो ।

    ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ रु राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाउनुभयो ।

    ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो ।’अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिसाबकिताब जनताले गर्ने उहाँको दाबी छ ।

    ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हुन् । सर्वोच्चलाई प्रभावित पार्न खोजे जनताले सजाय दिनेछन् ।’ देउवाले कांग्रेस विधिको शासन मान्ने र संस्कार बोकेको पार्टी भएकोले सडकबाट अदालतको विरोध नगर्ने रअदालतको निर्णयको पर्खाइमा रहेको बताउनुभयो ।

     


    बिहिवार, माघ १ २०७७०८:००:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij