Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संकट रोक्न गरेको प्रयासमा प्रचण्ड गम्भीर नभएको मुख्यमन्त्री पोखरेलको आरोप

संकट रोक्न गरेको प्रयासमा प्रचण्ड गम्भीर नभएको मुख्यमन्त्री पोखरेलको आरोप

  • बिहिवार, माघ १ २०७७

  • 884
    SHARES

  • संकट रोक्न गरेको प्रयासमा प्रचण्ड गम्भीर नभएको मुख्यमन्त्री पोखरेलको आरोप

    काठमाडौं । नेकपा ओली समूहका नेता शंकर पोखरेलले पार्टी विभाजन र राजनीतिक संकट आउनबाट रोक्न अन्तिम दिन आफु लगायत जनार्दन शर्माले गरेको प्रयासप्रति पुष्पकमल दाहाल ‘प्रचण्ड’ गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ ।

    उहाँले प्रतिनिधिसभा विघटनका दिन एकताको रक्षाका लागि आफु प्रचण्डकोमा पुगेको र सहमतिका विभिन्न विकल्पबारे प्रस्ताव राख्दा प्रचण्ड गम्भीर नदेखिएको बताउनुभयो ।

    आज सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले एकताको रक्षाका लागि आफू र जनार्दशन शर्माले दिएको सुझावप्रति प्रचण्ड गम्भी नहुँदा यस्तो अवस्था आएको उल्लेख गर्नुभएको छ । उहाँले प्रचण्डलाई सहमतिमा होइन, समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारोमा रहेको पाएको टिप्पणी गर्नुभएको छ ।


    बिहिवार, माघ १ २०७७०३:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij