Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकार अलोकतान्त्रिक मात्र नभई अमानवीय : विश्वप्रकाश शर्मा

वर्तमान सरकार अलोकतान्त्रिक मात्र नभई अमानवीय : विश्वप्रकाश शर्मा

  • बिहिवार, माघ १ २०७७

  • 1.2K
    SHARES

  • वर्तमान सरकार अलोकतान्त्रिक मात्र नभई अमानवीय : विश्वप्रकाश शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकार अलोकतान्त्रिक र अमानवीय भएको टिप्पणी गर्नुभएको छ । जनताको जीवन रक्षाभन्दा जनताको भोट प्रधान ठान्ने सरकार जनताको सरकार नभएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

    आज सामाजिक सञ्जालमा शर्माले लेख्नुभएको छ, ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय !’

    प्रवक्ता शर्माले खोप ल्याउन सार्वजनिक रुपमा चन्दाको विज्ञापन गर्ने तर अर्कोतिर अर्बौंको चुनाव घोषणा गर्ने भन्दै आलोचनात्मक टिप्पणी गर्नुभएको छ । ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको बिज्ञापन छाप्छ । भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ । तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ !’ उहाँले लेख्नुभएको छ ।

    स्वास्थ्य मन्त्रालयले हिजो कोभिड–१९ खोप कोषमा योग्दान गर्न आह्वान गर्दै गोर्खापत्रमा सार्वजनिक सूचना जारी गरेको थियो ।

     


    बिहिवार, माघ १ २०७७०३:३५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij