Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

  • बिहिवार, माघ १ २०७७

  • 875
    SHARES

  • नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

    बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिनुभएको छ । संसद् विघटनविरुद्ध आन्दोलन गरिरहेको नेकपाले आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्ने बताइएको छ ।

    यसैबिच, नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

    माघीको अवसरमा विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै अध्यक्षद्वयले कोभिड १९ का कारण सामाजिक दूरी कायम गरेर पर्व मनाउन आग्रह गर्नुभएको हो ।


    बिहिवार, माघ १ २०७७१०:५०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij