Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना महामारीमा पनि ११ प्रतिशत रेमिट्यान्स बढ्यो

कोरोना महामारीमा पनि ११ प्रतिशत रेमिट्यान्स बढ्यो

  • बिहिवार, माघ १ २०७७

  • 1.7K
    SHARES

  • कोरोना महामारीमा पनि ११ प्रतिशत रेमिट्यान्स बढ्यो

    काठमाडौं । चालु आर्थिक वर्षको गत मंसिरसम्ममा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आव २०७७७८ को बितेका पाँच महिनाको गत मंसिर मसान्तसम्ममा रेमिट्यान्स भित्रिने क्रम १० दशमलव ९ प्रतिशतले वृद्धि भएर ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’को तथ्यांकअनुसार अघिल्लो आवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो । यसलाई हाल कायम भएको अमेरिकी डलरमा हिसाब गर्दा विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड पुगेको छ ।

    अघिल्लो आवको सोही अवधिमा यस्तो आप्रवाह ०।४ प्रतिशतले बढेको थियो । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर पुर्‍याएको समयमा नेपाल भित्रिने रेमिट्यान्स रकममा भने वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

    यो अवधिमा रेमिट्यान्स भित्रिने क्रम बढेको देखिए पनि वैदेशिक रोजगारीमा जानेहरूको संख्यामा भने गिरावट आएको छ ।

    यो समाचार आजको राजधानी दैनिकमा छ ।


    बिहिवार, माघ १ २०७७०६:४३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij