Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पत्रकार सुनिलको गीति संग्रह बजारमा

पत्रकार सुनिलको गीति संग्रह बजारमा

  • बुधवार, पौष २९ २०७७

  • 1.5K
    SHARES

  • पत्रकार सुनिलको गीति संग्रह बजारमा

    काठमाडौं । झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाको गीती संग्रह ‘सुनिल’ बिमोचन भएको छ । टेलिभिजनकर्मी तथा फिल्म-म्यूजिक भिडियो निर्देशक भूषण दाहालले सुनिलको बिमोचन गर्नुभएको हो ।

    पुस्तकको विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा टेलिभिजनकर्मी भूषण दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको भएको बताउनुभयो । “प्रविधिले साथ नदिएपनि कतिपय गीतहरु सुनिरहुँ लाग्ने हुन्छन् र मेरो अनुभवमा तीगीतहरु सरल छन् ।” सञ्चारकर्मी दाहालले भन्नुभयो, “सुनिलमा संग्रहीत कतिपय रेकर्ड नभएका गीत अत्याधिक सरल र कालजयी हुने गीतहरु छन् ।”

    कार्यक्रमका विशिष्ठ अतिथी तथा फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यम वर्गिय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार सुनिल सफल भएको बताउनु भयो ।

    “सर्जकले देशप्रेम र प्रेमका बिषयमा चर्चा गर्नुभएको छ ।” पण्डितले थोरै आलोचनात्मक हुँदै भन्नुभयो, “आगामी दिनमा लेखकबाट समाजको अँध्यारो पाटो, अफ्ठेरो परिस्थिती र समस्या ग्रस्त जीवनलाई कसरी समाधान दिने भन्ने विषयमा समाजलाई नै धक्का दिने गरी गीत आउने आशा गरेको छु ।”

    लामो समय पत्रकारिता क्षेत्रमा सम्लग्न रहनुभएका कार्यक्रमका अर्का अतिथि सुशिल अर्यालले सुनिल पहिल्यै देखि सृजनशील भएकोले लामो समयदेखि स्थिर रहेको साहित्यिक यात्रा अब सुरु भएको भन्दै यो यात्रामा निरन्तर दौडन आग्रह गर्नुभयो ।

    म सृजनशील मान्छे मन पराउँछु
    मलाई सक्रिय मान्छे पनि औधी मनपर्छ
    पत्रकारितामा सृजनशीलता र साहित्यमा सरलताको
    अभ्यास गर्दै म सबैमा सुनिल बन्न चाहान्छु ।

    पुस्तकको भूमिकामा यी पंक्तीबाहेक केही लेख्न नचाहानु भएका सुनिल कोइरालाले आफ्नो साहित्य यात्राका विषयमा बताउँदै पुस्तक प्रकाशनमा अग्रज कबि स्व. रत्नशमसेर थापा, राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरे, संगीतकार अम्बर गुरुङ्ग, गीतकार कृष्णहरी बराल, गायक योगेश बैद्यका साथै थुप्रै अग्रज र अनुजहरुबाट सउत्प्रेरणा प्राप्त गरी पुस्तक प्रकाशन संभव भएको बताउनुभयो ।

    “मलाई यहाँसम्म आउन धेरैको उत्प्रेरणा छ र आजको यो क्षणले मलाई निरन्तर कलम चलाउन थप उत्प्रेरित गरेको, गीतकार कोइरालाको भनाई छ ।

    ९९ गीतहरुको संग्रह रहेको गीति संग्रह स्कुल अफ लिडर्स प्रा.लि.ले प्रकाशन गरेको हो ।


    बुधवार, पौष २९ २०७७०८:०४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij