Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कमलपोखरीको पुनर्निर्माण रोक्न माग गर्दै गगन थापाको काठमाडौं महानगरलाई पत्र

कमलपोखरीको पुनर्निर्माण रोक्न माग गर्दै गगन थापाको काठमाडौं महानगरलाई पत्र

  • बुधवार, पौष २९ २०७७

  • 884
    SHARES

  • कमलपोखरीको पुनर्निर्माण रोक्न माग गर्दै गगन थापाको काठमाडौं महानगरलाई पत्र

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निर्माणाधीन कमलपोखरीको पुनर्निर्माण तत्काल रोक्न माग गर्नुभएको छ ।

    पुर्वमन्त्री समेत रहनुभएका थापाले पुनर्निर्माण रोक्न माग गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पत्र लेख्नुभएको हो ।
    पोखरीको प्राकृतिक अस्तित्व समाप्त पार्दै निर्माण गर्न लागिएकाले काम रोक्न भन्दै पत्र लेखेको जनाइएको छ ।

    ०७६ सालबाट सुरु गरिएको कमलपोखरीको पुनर्निर्माण कार्य ढिलो भइसकेको छ । प्राकृतिक सिमसार क्षेत्र नष्ट भएको छ । पोखरी साँघुरो भएको छ । तत्काल काम रोकेर सरोकारवालासँग छलफल गरी काम अघि बढाउन पत्रमा माग गरिएको छ ।


    बुधवार, पौष २९ २०७७०७:५५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij