Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

युट्युबले लगायो ट्रम्पको च्यानलमाथि प्रतिबन्ध

युट्युबले लगायो ट्रम्पको च्यानलमाथि प्रतिबन्ध

  • बुधवार, पौष २९ २०७७

  • 913
    SHARES

  • युट्युबले लगायो ट्रम्पको च्यानलमाथि प्रतिबन्ध

    एजेन्सी । गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।

    साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ ।

    गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन् ।

    अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन् ।

    युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ ।”

    ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ । साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन् । राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् ।


    बुधवार, पौष २९ २०७७०१:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij