Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

उद्योगी व्यवसायीलाई राजनीतिमा आउन काँग्रेस नेता खाँणको आह्वान

उद्योगी व्यवसायीलाई राजनीतिमा आउन काँग्रेस नेता खाँणको आह्वान

  • मंगलवार, पौष २८ २०७७

  • 699
    SHARES

  • उद्योगी व्यवसायीलाई राजनीतिमा आउन  काँग्रेस नेता खाँणको  आह्वान

    काठमाडौं । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्योगी व्यवसायीलाई राजनीतिमा आउन आह्वान गर्नुभएको छ । उद्योग धन्दा राम्रोसँग संचालन गरेकाहरुले देश पनि राम्रोसँग संचालन गर्न सक्ने बताउदै उहाँले उद्योगी व्यवसायीहरु पनि राजनीतिमा आए देश सफल हुने धारणा राख्नुभयो ।

    भिजन लुम्बिनी उर्जा कम्पनी लिमिडेटको साधारण सभा उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, “सफल व्यवसायी सफल राजनीतिकर्मी पनि हुन सक्छन, सफल राजनीतिकर्मी धेरै भए देश पनि सफल हुन्छ ।”

    उद्योगी व्यवसायीहरुलाई आन्दोलनमा नआएपनि राम्रो राजनीतिक व्यवस्थाका लागि भने सहयोग र समर्थन गर्नुपर्नेमा नेता खाँणले जोड दिनुभयो । “लोकतन्त्र, विधिको शासन र आमनागरिकको जीवनमा असर पर्दा उद्योगी व्यवसायीले पनि आवाज उठाउनु पर्छ” उहाँले भन्नुभयो ।
    पूर्व मन्त्री समेत रहनु भएका काँग्रेस नेता खाँडले दल र नेताहरुले उद्यमीहरुले सम्मान र सहयोग मात्रै हैन गलत गर्न लागेको बेला खवरदारी पनि गर्नुपर्नेमा जोड दिनुभयो ।

    देशमा राजनीतिक अस्थीरता र धेरै आन्दोलन हुँदा उद्यमीहरु लामो समयसम्म समस्यामा परेपनि अव राम्रो होला भन्ने आशा गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले निराशाजनक अवस्था ल्याएको उहाँको भनाई थियो ।

    मुलुकमा खुल्ला अर्थनीति काँग्रेसले नै ल्याएको र त्यही नीतिका आधारमा नीजि क्षेत्र फस्टाउन पाएको चर्चा गर्दै उहाँले ठिक नीति ल्याउनेलाई उद्योगी व्यवसायीहरुले प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

    जलशक्ति र जनशक्तिमा नेपाल बलियो भएकाले जलशक्तिलाई उपयोग गर्न भिजन लुम्बिनी जस्ता सामुहिक कम्पनीहरुले ठूलो योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

    काँग्रेस नेता खाँणले भिजन लुम्बिनीको सामुहिक पुँजी र एकिकृत प्रयास अनुकरणीय रहेको थाहा पाउँदा खुशी लागेको बताउनुभयो ।

     


    मंगलवार, पौष २८ २०७७०७:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij