Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पोखरामा प्रचण्डको गर्जन : नेकपा र सूर्य नपाए आँधीबेहरी ल्याउँछौँ

पोखरामा प्रचण्डको गर्जन : नेकपा र सूर्य नपाए आँधीबेहरी ल्याउँछौँ

  • मंगलवार, पौष २८ २०७७

  • 1.4K
    SHARES

  • पोखरामा प्रचण्डको गर्जन : नेकपा र सूर्य नपाए आँधीबेहरी ल्याउँछौँ

    नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको बताएका छन्।

    पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रचण्डले कलंकको टीकाका रूपमा अर्थ लगाएका हुन्।

    उनले पोखरामा मंगलबार आयोजित भेलामा केही महिनाभित्र आफूहरू विजयी हुने पनि दाबी गरे।

    ‘केही महिनाभित्रै हामी विजयी हुन्छौँ। केपी गुटको पतन अनिवार्य छ। ओलीले कलंकको टीका लगाइसक्नुभयो,’ उनले भने, ‘हामीले अन्तिम समयसम्म पार्टी एकताका लागि पहल गरेका हौँ। मैले केपी ओलीलाई नै भनेको छु, तर तपाईंको पतन सुरू भयो, हाम्रो विजय अभियान सुरू भयो।’

    उनले प्रधानमन्त्री ओलीका ‘उखान टुक्का र हाँस्यव्यंग्य प्रहसन तथा भ्रमहरू परास्त गर्न पनि सडकमा उत्रनुपर्ने’ बताएका छन्।

    उनले सडकमा उत्रँदा फेरि एकपटक विद्रोह गरेको अनुभूति भइरहेको पनि बताएका छन्।

    ‘फेरि विद्रोह गरेको अनुभूति भएको छ। सडकमा आन्दोलन गर्दा गर्व महशुस हुन्छ। निरंकुशताविरूद्ध आन्दोलन चुनौती र अवसर पनि हो,’ उनले भने।

    चण्डले जनतालाई भेडाबाख्रा नठान्न पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिएका छन्।

    ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई। तपाईंले हास्यव्यंग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ तपाईंले? हजारौँ शहीदहरुको बलिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ,’ प्रचण्डले प्रश्न गरे।


    हिजोका दिनमा नेपालमा गणतन्त्र सम्भव छैन भन्ने ओलीलाई आफ्नो स्वामित्व भएन भनेर गणन्तन्त्रमाथि घात गर्ने छुट नभएको प्रचण्डको भनाइ छ।

    दाहालले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग रहेकाले पार्टीको नाम र सूर्य चिन्ह नपाउनेमा दुविधा नपाल्न आग्रह गरे। उनले अहिलेको कानुनले स्वतः आधिकारिकता आफ्नो पक्षले पाउने र नपाएमा आँधीबेहरी ल्याउने चेतावनी दिए।

     

     


    मंगलवार, पौष २८ २०७७०४:५४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij