Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको निर्देशनः जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराखी काम गर्नु

प्रधानमन्त्रीको निर्देशनः जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराखी काम गर्नु

  • शनिवार, आषाढ २७ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीको निर्देशनः जनधनको रक्षाका लागि कुनै कसर बाँकी नराखी काम गर्नु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरोका कारण जनधनको क्षति कम गर्न तथा तत्काल उद्धार र राहतको व्यवस्थापन गर्नका लागि प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा भएको मानवीय तथा भौतिक क्षति क मगर्न, पीडितको उद्धार तथा राहत व्यवस्थानमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीले सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रधानमन्त्री ओलीले जनधनको रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिएको परिषदका सदस्य–सचिव अनिल पोखरेलले जानकारी दिनुभयो ।
    प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरो तथा अब आउन सक्ने महामारी तथा सर्पजन्य समस्यासँग जुध्नका लागि सम्बन्धित मन्त्रालय तथा निकायहरुको तयारीबारे जानकारी लिनुभयो ।

    सदस्य सचिव पोखरेलका अनुसार प्रधानमन्त्रीले जोखिम कम गर्ने उपाय, उद्धार तथा राहत एवम् पुर्नस्थापनालाई पनि केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ । साथै यसका लागि बजेट अभाव भएमा तत्काल थप बजेटको व्यवस्था गर्न पनि अर्थमन्त्री डा. युवराज खतिवडालाई निर्देशन दिनुभएको छ ।

    यस्तै उद्धारका कार्यमा हेलिकप्टरको प्रयोग तथा हेलिकप्टर जान प्रतिकुल रहेको अवस्थामा सम्भावित अरु प्रविधिको खोजी तथा प्रयोगमा जोड दिन सुझाव दिनुभएको छ । ओलीले उद्धार तथा राहतमा खटिने नेपाली सेना तथा सशस्त्र प्रहरी, नेपाल प्रहरीका उद्धारकर्मीहरुको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले म्याग्दीमा पहिरोका कारण भत्किएको पुल दुई हप्ताभित्र बनाइसक्न निर्देशन दिनुभएको छ । यस्तै भत्किएका बाटोहरु तत्काल मर्मत गर्न पनि उहाँले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

    यसैगरी, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि तराईदेखि पहाडसम्म बर्खामा विपदका घटना हुने भएकाले अधिक सतर्ककताका साथ काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले उद्धार, राहत तथा जोखिम न्यूनिकरणको प्रयासमा सरकारलाई आफूहरुको पूर्ण साथ रहने बताउनुभएको छ ।


    शनिवार, आषाढ २७ २०७७०२:११:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij