Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध आज पनि देशभरी प्रदर्शनको तयारी

संसद् विघटनविरुद्ध आज पनि देशभरी प्रदर्शनको तयारी

  • मंगलवार, पौष २८ २०७७

  • 939
    SHARES

  • संसद् विघटनविरुद्ध आज पनि देशभरी प्रदर्शनको तयारी

    काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल नेपाल पक्षसहित विभिन्न पार्टी तथा संगठनहरुले आज पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । 

    दाहाल नेपाल समूहले दोस्रो चरणको संघर्षको कार्यक्रम अनुसार आज घर घरमा पर्चा वितरण, टोल टोलमा कालो झण्डा गाड्ने र असंबैधानिक एवं प्रतिगामी कदम विरुद्ध सबै वडाहरूमा ब्यानर राख्ने भएको छ ।

    प्रतिनिधि सभा विघटन बेठिक भएको र पुनस्र्थापना हुनुपर्ने मागसहितको पर्चाहरु देशहरु बाँड्न लागिएको नेताहरुले जानकारी दिएका छन् ।

    त्यसैगरी दाहाल नेपाल समूह निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) ले पनि आज विभिन्न ठाउँमा सडक नाटक र सडक कला प्रदर्शनी गर्ने तयारी गरेको छ ।

    अनेरास्ववियुको केन्द्रीय समितिको निर्णय अनुसार देशका विभिन्न ठाउँमा प्रदर्शनीको तयारी भइरहेको उनीहरुको भनाई छ ।
    सडक नाटक र सडक कला प्रदर्शनी मार्फत प्रतिनिधि सभा विघटन असंबैधानिक भएकाले तत्काल पुनस्र्थापना हुनु पर्ने सन्देश दिन खोजिएको अनेरास्ववियुले जनाएको छ ।

    दाहाल नेपाल समूहकै नेपाल दलित मुक्ति संगठन बागमती प्रदेशले प्रतिनिधि सभा विघटनको विरुद्ध राजनितीक बैचारिक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।

    नेकपा पार्टी कार्यालाय पेरिसडाँडा कोटेश्वरमा विहान ११ बजेपछि कार्यक्रम हुने आयोजकहरुले जनाएका छन् । त्यसैगरी उनीहरु निकटकै नेकपाको दक्षिणकाली नगर कमिटीले कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।
    दिउसो १ बजेपछि हुने कार्यक्रम शेषनारायण बृद्धाश्रम दक्षिणकाली ५ मा हुने तय गरिएको छ ।

    प्रतिनिधि सभा विघटनकै विरुद्धमा माक्रर्सवादी सांस्कृतिक मोर्चा नेपालले प्रतिरोध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम दिउसो साढे १ बजे माइतीघर मण्डलामा हुने भएको छ । प्रतिनिधि सभा विघटनका विरुद्धमा नागरिक अगुवाहरु पनि सक्रिय हुन थालेका छन् । बृहत् नागरिक आन्दोलन अभियानले प्रतिगमन विरुद्ध नागरिक सभाको आयोजना गरेको छ ।

    नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउसो २ बजेपछि कार्यक्रम सुरु हुने आयोजकहरुले जनाएका छन् । विघटनकै विरुद्धमा निरन्तर प्रदर्शन गर्दै आइरहेको विवेकशील पार्टीले दाँत माझेर प्रदर्शन गर्ने भएको छ । कार्यक्रम माइतिघर मण्डलामा विहान साढे १० बजेपछि हुने जनाइएको छ।


    मंगलवार, पौष २८ २०७७१०:१३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij