काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत दिपकुमार उपाध्यायले कुटनितिक प्रयासबाट भारतसंगको समस्या समाधान गर्ने हैसियत अहिलेको सरकारसँग नभएको टिप्पणी गर्नुभएको छ ।
सरकारमा किचलो चलेको बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जानु उपयुक्त नभएको उहाँको भनाई छ । काम चलाउन अवस्थामा रहेको, पार्टी र सरकार दुवै विवादमा परेको बेला हुने परराष्ट्र मन्त्रीलाई भारतले विश्वास नगर्न सक्ने उहाँको आशंका थियो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता उपाध्यायले भन्नुभयो “यो भ्रमणलाई भारतले कुन रुपबाट ग्रहण गर्छ, नेपालले आफ्नो धारणा राख्छ कि राख्दैन, त्यसमा भारतले कस्तो प्रतिक्रिया दिन्छ त्यो नै महत्वपूर्ण हुन्छ ।”
काँग्रेस नेता तथा पूर्व मन्त्री समेत रहनु भएका उपाध्यायले सीमा समस्या अहिले समाधान नहुने र गफमा सिमित हुने दावी गर्नुभयो ।
नेता उपाध्यायले बन्द भएका सिमाना लामो समयसम्म नखुलेपछि जनताले सिमाना खोल्न माग गर्दा पनि सरकार नबोलेको बताउनुभयो । उहाँले जनताको समस्यालाई केन्द्रीय सरकारले बुझ्न नसकेको र बुझे पनि वेवास्था गरेको आरोप लगाउनुभयो ।