Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गर्यो

चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गर्यो

  • मंगलवार, पौष २८ २०७७

  • 1.1K
    SHARES

  • चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गर्यो

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडीरएमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

    यसैगरी एमडीरएमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।
    एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएनरएमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

    एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीरबायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

    एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।


    मंगलवार, पौष २८ २०७७०८:३२:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij