Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरु मैदानमा–सिंहदरबार सुनसान !

मन्त्रीहरु मैदानमा–सिंहदरबार सुनसान !

  • मंगलवार, पौष २८ २०७७

  • 753
    SHARES

  • मन्त्रीहरु मैदानमा–सिंहदरबार सुनसान !

    काठमाडौं । उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुग्नुभएको छैन । सोमबार बेलुकी पोखरामा रहनुभएका उर्जामन्त्री टोपबहादुर रायमाझीले भन्नुभयो, ‘के गर्नु, विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि गर्नैपर्‍यो ।’

    उहाँले अहिले आफूहरुको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रीत भएको बताउनुभयो ।

    प्रधानमन्त्री केपी शर्मा ओली गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उहाँको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । उहाँको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरु सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरवार किन जान सकेनन् भन्ने प्रश्न उब्जाएको छ ।

    प्रज्ञा भवन र पार्टी प्यालेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उभिएर घण्टौँ भाषण गर्नुभयो। यसले सरकारको काम कम र पार्टीको काममा बढी केन्द्रीत हनु नयाँ पुराना मन्त्रीलाई प्रोत्साहन गरेको छ ।

    मन्त्रीहरुको जिल्ला आउजाउले पछिल्ला मन्त्रिपरिषद् बैठकहरुसमेत खालीखाली देखिन्छन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा २२ मध्ये १२ जनामन्त्री सहभागी थिए । सिंहदरबारभित्रका सबै मन्त्रालयको चक्कर मार्दा दृश्य लगभग त्यस्तै देखियो । २२ मध्ये १४ जनाको कार्यकक्ष खाली थियो । तीनमध्ये २ राज्यमन्त्री आफ्नो च्याम्बरमा भेटिएनन् ।

    यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


    मंगलवार, पौष २८ २०७७०७:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij