Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

निर्वाचन गतिविधि अघि नबढाउन आयोगलाई प्रचण्ड–माधव समुहको आग्रह

निर्वाचन गतिविधि अघि नबढाउन आयोगलाई प्रचण्ड–माधव समुहको आग्रह

  • सोमवार, पौष २७ २०७७

  • 874
    SHARES

  • निर्वाचन गतिविधि अघि नबढाउन आयोगलाई प्रचण्ड–माधव समुहको आग्रह

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव समुहले वैशाखमा निर्वाचन हुने गरी निर्वाचन गतिविधि अघि नबढाउन आयोगलाई आग्रह गरेका छन् । 

    आज अध्यक्षद्वय पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग नै पुगेर संसद विघटनविरुद्धको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल निर्वाचन गतिविधि अघि नबढाउन माग गरेका हुन् ।

    प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी वैशाख १७ र २७ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि आयोगले तयारी अघि बढाएको बताउँदै आएको छ ।

    तर, प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका बेला तत्काल निर्वाचनसम्बन्धी कार्यक्रम नगर्न आयोगलाई आग्रह गरिएको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले बताउनुभयो ।

    जवाफमा निर्वाचन आयोगले स्थायी मतदानस्थलको व्यवस्थापन लगायतका कार्यक्रमबाहेक अरु केही नगरिएको बताएको नेता पोखरेलले बताउनुभयो ।

    राजनीतिक रुपमा आम सहमति भई नसकेकाले अरु निर्वाचनसम्बन्धी कार्यक्रममा अगाडि नबढेको निर्वाचन आयोगले जनाएको छ । पार्टीको पत्र लिएर प्रचण्ड–नेपालसहित लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेललगायत नेता निर्वाचन आयोग पुगेका थिए ।


    सोमवार, पौष २७ २०७७०७:३३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij