Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजार निरन्तर उकालो, इतिहासकै उच्च विन्दूमा

सेयर बजार निरन्तर उकालो, इतिहासकै उच्च विन्दूमा

  • सोमवार, पौष २७ २०७७

  • 1.6K
    SHARES

  • सेयर बजार निरन्तर उकालो, इतिहासकै उच्च विन्दूमा

    काठमाडौं । सेयर बजार परिसूचक नेप्से केही महिनादेखि लगातार उकालो लागेको छ । यसैबीच आइतबार यसले हालसम्मकै ऐतिहासिक उचाइमा पुगेर रेकर्ड राखेको छ । सेयर बजार परिसूचक आइतबार पहिलोपटक २२०० विन्दूभन्दा माथि गएको छ । यो इतिहासकै उच्च २२३५.७२ बिन्दूमा बन्द भएको छ ।

    करिब ८ वर्षअघि सेयर बजार बढेर ११७५ विन्दूमा पुगेको थियो । त्यसपछि बजार फेरि बढेर साढे चार वर्षअघि १८८१.४५ बिन्दु पार गरेको थियो । हाल बजार परिसूचक बढे पनि नेप्से १८८१.४५ हुँदाको बेलाको सेयरको मूल्यसम्म नपुगेको बिज्ञहरुको भनाइ छ ।

    आइतबार कारोबार रकम पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबारको उच्च रेकर्ड तोड्दै आज नेप्से ४१.२४ अंकले बढेर हालसम्मकै उच्च २२३५.७२ विन्दूमा पुगेको छ । जसका कारण बजारमा २०७ कम्पनीको एक करोड ५० लाख बढी कित्ता सेयर ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार ८०६ रुपैयाँमा किनबेच भएको छ ।


    सोमवार, पौष २७ २०७७०४:००:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij