Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहलाई यसरी सम्झिए

प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहलाई यसरी सम्झिए

  • सोमवार, पौष २७ २०७७

  • 1.5K
    SHARES

  • प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहलाई यसरी सम्झिए

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २९९औँ जन्मजयन्तीको अवसरमा नेपाल एकिकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको सम्झना गर्नुभएको छ । उहाँले केहीबेरअघि ट्विट गर्दै पृथ्वीनारायणले राष्ट्र एकिकरण गर्नमा अतुलनीय योगदान दिएको बताउनुभएको छ ।

    ‘नेपाल राष्ट्रको एकिकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, ‘आज उहाँको २९९ औं जन्मजयन्तिको अवसरमा उक्त विशिष्ठ योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गर्दछु ।’

    आज नेपाल एकिकरणको नेतृत्वकर्ता पृथ्वीनारायणको २९९औँ जन्मजयन्ती हो । एक–डेढ दशकअघिसम्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विदा दिइने गरिन्थ्यो । सरकारी तबरबाटै पृथ्वीजयन्ती बनाइने गरिन्थ्यो । तर, देशमा गणतन्त्र स्थापना भएसँगै यो दिवस औपचारिक रुपमा मनाउन छोडिएको छ ।

    यद्यपि, नागरिकस्तरबाट भने पृथ्वीजयन्ती मनाउनेक्रम रोकिएको छैन । आज पनि विभिन्न कार्यक्रम गरी विभिन्न व्यक्ति तथा संस्थाले मनाइरहेका छन् ।

    यसैक्रममा आज सिंहदरबारअगाडि रहेको पृथ्वीनारायणको शालिकमा सम्मान व्यक्त गर्न गएका मानिस र प्रहरीबीच झडप भएको छ ।

    Capture.PNG

     


    सोमवार, पौष २७ २०७७०२:४९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij