काठमाडौं । आज नेपाल एकिकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती हो । एक–डेढ दशकअघिसम्म पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विदा दिइने गरिन्थ्यो । सरकारी तबरबाटै पृथ्वीजयन्ती बनाइने गरिन्थ्यो । तर, देशमा गणतन्त्र स्थापना भएसँगै यो दिवस औपचारिक रुपमा मनाउन छोडिएको छ ।
यद्यपि, नागरिकस्तरबाट भने पृथ्वीजयन्ती मनाउनेक्रम रोकिएको छैन । आज पनि विभिन्न कार्यक्रम गरी विभिन्न व्यक्ति तथा संस्थाले मनाइरहेका छन् ।
यसै अवसरमा आज काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा एक कार्यक्रम गरी उनको सम्झना गरियो । बलिउड चलचित्र नगरीमा स्थापित नेपाली अभिनेत्री मनीषा कोइराला पनि सो कार्यक्रममा सहभागी हुनुभयो । मनीषाले पृथ्वीनारायणको तस्बिरमा श्रद्धाभाव प्रकट गर्दै पुष्पगुच्छा अर्पण गर्नुभयो ।
उक्त कार्यक्रममा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको ब्यानरमो थियो । उपस्थितले पृथ्वीनारायणको योगदानको सम्झना गर्दै सम्मान प्रकटका थिए ।
यसअघि, मनीषाले सो कार्यक्रममा सहभागिता जनाउन आइतबार ट्विटरमार्फत् आव्ह्वानसमेत गर्नुभउको थियो ।
‘यही पौष २७ गते ११ बजे रत्नपार्क शान्ति वाटिका जाऊँ । २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोहमा सहभागिता जनाऊँ’, उहाँले लेख्नुभएको छ, ‘नेपाली नागरिक हुनुको कर्तव्य निर्वाह गरौं । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरौं ।’
मनीषा नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी हुनुहुन्छ । यद्यपि, उहाँ राजतन्त्रको वकालत गर्दै आउनुभएको छ ।
मनीषाका पिता प्रकाश कोइराला शाहीकालमा विज्ञान तथा प्रविधिमन्त्री हुनुभएको थियो ।
