Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभा विघटनविरुद्ध आज पनि विभिन्न कार्यक्रमको तयारी

प्रतिनिधि सभा विघटनविरुद्ध आज पनि विभिन्न कार्यक्रमको तयारी

  • सोमवार, पौष २७ २०७७

  • 770
    SHARES

  • प्रतिनिधि सभा विघटनविरुद्ध आज पनि विभिन्न कार्यक्रमको तयारी

    काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा नेकपाको दाहाल नेपाल पक्षले आज पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।

    पुर्व जनमुक्ति सेना नेपालले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बृहत् भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

    नेकपाको पार्टी कार्यालय पेरिसडाँडा,कोटेश्वर अहिले नौ बजेपछि कार्यक्रम सुरु हुने नेताहरुले जानकारी दिएका छन् । त्यसैगरी, प्रतिनिधि सभा विघटन विरुद्ध आजै काठमाडौमा बृहत नागरिक भेलाको आयोजना गरिएको छ ।

    बृहत् नागरिक भेला संयोजन समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष माधव कुमार नेपाल सहभागी हुने तय भएको छ । क्वालिटी बैङ्क्वेट बुद्धनगरमा दिउसो पौने १ बजेपछि कार्यक्रम सुरु हुने जनाइएको छ ।

    कलाकार तथा साहित्यकारहरुले पनि प्रतिनिधि सभा विघटनका विरुद्धमा छुट्टा छुट्टै कार्यक्रमहरु गर्न लागेका छन् । अखिल नेपाल जनसाँस्कृतिक महासंघले प्रतिनिधि सभा विघटन विरुद्ध साँस्कृतिक प्रतिरोध सभाको आयोजना गरेको छ ।

    कार्यक्रम दिउसो १ बजेपछि काठमाडौको नयाँ बानेश्वर स्थीत एभरेष्ट होटल अगाडी हुने भएको छ । त्यसैगरी दाहाल नेपाल पक्षले देशभरका विभिन्न ठाउँमा प्रतिनिधि सभा विघटनको विरुद्ध सडक कविता, गित र गजल प्रस्तुत गर्ने भएको छ ।

    उनीहरु निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) केन्द्रीय समितिले कविता, गित र गजल प्रस्तुत गर्ने कार्यक्रम तय गरेको हो ।


    सोमवार, पौष २७ २०७७०९:२३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij