Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विद्रोहीको आक्रमणबाट कंगोमा ६ रेन्जरको मृत्यु

विद्रोहीको आक्रमणबाट कंगोमा ६ रेन्जरको मृत्यु

  • सोमवार, पौष २७ २०७७

  • 999
    SHARES

  • विद्रोहीको आक्रमणबाट कंगोमा ६ रेन्जरको मृत्यु

    काठमाडौं । मध्य अफ्रिकामा रहेको कंगोको एक राष्ट्रिय निकुञ्जमा बन्दुकधारीको आक्रमणबाट ६ जना रेन्जरको मृत्यु भएको छ ।

    पूर्वी कंगोको विश्व सम्पदामा सूचिकृत विरुंगा राष्ट्रिय निुकञ्जको सुरक्षामा खटिएका रेञ्जरहरुमाथि बन्दुकधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

    घटनाको कुनै समूहले जिम्मा नलिएपनि घटनामा सरकारी अधिकारीहरुले भने माईमाई लडाकू समुहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

    सरकारी अधिकारीहरुले विद्रोहीको आक्रमणबाट वन रक्षकहरुको मृत्यु भएको पुष्टि गर्दै दोषीलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।

    करिब ८ सय वर्गकिलोमिटर क्षेत्रफरलमा फैलिएको निकुञ्ज संसारमै लोप हुन लागेको पहाडी गोरिल्लाको बासस्थान हो ।

    सन् १९२५ मा स्थापना भएको सो निकुञ्ज कंगोको राजनीतिक अस्थिरताको शिकार बन्दै आएको छ ।

    करिब ७ सय जना कार्यरत रहेको सो निकुञ्जले गत वर्षमात्र आक्रमणमा परेका २ सय भन्दा बढीलाई क्षतिपूर्ति दिएको थियो ।

    गत वर्षको अप्रिलमा पनि सोही निकुञ्जमा विद्रोहीको आक्रमणबाट १२ जना रेन्जरको मृत्यु भएको थियो । 


    सोमवार, पौष २७ २०७७०८:२०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij