Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत

  • सोमवार, पौष २७ २०७७

  • 1.1K
    SHARES

  • अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग दर्ता हुन सक्ने संकेत देखिएको छ ।

    तल्लो सदनकी सभामुख नान्सी पेलोसीले ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन बमोजिम राष्ट्रपतिलाई बर्खास्त नगरे डेमोक्र्याट्सले राष्ट्रपतिविरुद्ध महाभियोग ल्याउने चेतावानी दिनुभएको छ ।

    डेमोक्र्याट्सका एक वरिष्ठ नेताले अमेरिकी प्रतिनिधिसभामा महाअभियोग दर्ता हुन सक्ने र महाअभियोगमाथि मंगलबार नै मतदान समेत हुन सक्ने बताएका बीबीसीले जनाएको छ ।

    ट्रम्पको उक्साहटमा संसदमा आक्रमण भएको जनाउँदै डेमोक्र्याट्स पार्टीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरेका हुन् । यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्स आउँदो जनवरी २० मा हुने जो बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुनुहुने भएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले बाइडेनको सपथ ग्रहण कार्यक्रम बहिस्कार गर्ने बताइसकेका बेला राष्ट्रपति ट्रम्पका अति निकट सहयोगीका रुपमा रहेका उपराष्ट्रपति पेन्सले पछिल्ला दिनहरुमा परिवर्तित राजनीतिक परिदृश्यलाई स्वीकार गर्नुभएको हो ।

    उहाँले नै नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचन परिणामलाई प्रमाणीकरण गरी बाइडेन अमेरिकाको राष्ट्रपति निर्वाचित भएको घोषणा गर्नुभएको हो । तर यस महाभियोगका बारेमा उपराष्ट्रपतिले केही प्रतिक्रिया दिनुभएको छैन ।


    सोमवार, पौष २७ २०७७०६:४७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij