Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

किन घट्यो सुनको मूल्य ?

किन घट्यो सुनको मूल्य ?

  • आइतवार, पौष २६ २०७७

  • 1.2K
    SHARES

  • किन घट्यो सुनको मूल्य ?

    काठमाडौं । सुनको मूल्य आज एकैदिन प्रतितोला दुई हजार तीन सय रुपैयाँले घटेको छ ।

    गत शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको ९३ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यस्तै चाँदी पनि तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

    अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटबढ भइरहेकाले नेपाली बजारमा पनि भाउ अस्थिर भएको महासङ्घले जनाएको छ ।



    आइतवार, पौष २६ २०७७०३:२९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij