काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयताविरोधी भएको सन्देश दिन भन्दै नेकपाकै प्रचण्ड–माधव समूहनिकट अनेरास्ववियूले आज धेरै ठाउँमा बयलगाडा प्रदर्शन गरेको थियो । यसैबीच काठमाडौंमा निकालिएको बयलगाडा जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
यसैक्रममा प्रहरीले बयलगाडा नियन्त्रणमा लिएको छ । बयलगाडा नियन्त्रणमा लिनेक्रममा प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी पनि चलेको थियो ।
आज देशभरका धेरै ठाउँमा बयलगाडा प्रदर्शन गर्दै विरोध जनाउने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ ।
गणतन्त्र र संघीयतालाई धरापमा पार्नेगरी प्रधानमन्त्री ओलीले संविधानविपरित प्रतिनिधि सभा विघटन गरेकाले उनीविरुद्ध प्रदर्शन गर्न लागिएको उनीहरुको भनाइ छ ।