Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपाको प्रचण्ड-माधव समूहले आज सबै जिल्लामा संविधान बाचन तथा व्याख्या गर्ने

नेकपाको प्रचण्ड-माधव समूहले आज सबै जिल्लामा संविधान बाचन तथा व्याख्या गर्ने

  • आइतवार, पौष २६ २०७७

  • 1.1K
    SHARES

  • नेकपाको प्रचण्ड-माधव समूहले आज सबै जिल्लामा संविधान बाचन तथा व्याख्या गर्ने

    काठमाडौं । विवादित नेकपाको प्रचण्ड-माधव समूहले आज सबै जिल्लामा संविधान बाचन तथा व्याख्या कार्यक्रमको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि सभाको विघटन गरेको सन्देश दिन संकेतिक विरोध स्वरुप संविधान बाचन तथा व्याख्या कार्यक्रमको आयोजना गरिएको हो ।

    प्रतिनिधि सभा विघटन विरुद्धको दोस्रो चरणको संघर्षको कार्यक्रम अनुसार आज सवै जिल्लामा सडकमा संविधान वाचन तथा व्याख्या कार्यक्रमको तयारी भइरहेको नेताहरुले बताएका छन् ।

    संविधान बाचन तथा व्याख्याका लागि कानुन व्यवसायीहरुलाई लगाइने कार्यक्रम समेत उनीहरुले बनाएका छन् । काठमाडौमा भने मध्यान्ह १२ बजे माइतीघर मण्डलामा बरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठलगायतले संविधान बाचन गर्ने र व्याख्या गर्ने तय भएको छ ।

    त्यसैगरी ललितपुरको महालक्ष्मी नगर कमिटीले सडकमा संविधान वाचन तथा व्याख्या कार्यक्रम लगनखेलमा दिउसो ३ बजेपछि गर्ने तयारी गरेको छ । नेकपाको प्रचण्ड माधव समूहले यसअघि सवै जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई संविधान बढ्न सुझाव दिदै संविधान सहित विरोध पत्र पठाएको थियो ।

    प्रतिनिधि सभा विघटनका विरुद्धमा प्रचण्ड माधव समूहले देशैभरी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमहरुलाई पनि निरन्तरता दिइरहेको छ । यही क्रममा नेकपाको उत्तर भेगीय समन्वय कमिटी धादिङ्गले नेकपाका स्थायी कमटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

    कार्यक्रम विहान साढे ११ बजेपछि मेगा पार्टी प्यालेस बसुन्धारामा हुने तय भएको छ । त्यसैगरी उनीहरु निकटकै काठमाडौ महानगर कमिटीले महानगरस्तरीय अगुवा कार्यकर्ता भेला गर्न लागेको छ । नेपा ब्याङ्क्वेट खुसीबुँमा दिउसो १ बजेपछि कार्यक्रम हुने नेताहरुले जानकारी दिएका छन् ।


    आइतवार, पौष २६ २०७७०९:१७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij