Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्डोनेसिया विमान दुर्घटनाग्रस्त स्थल भेटियो, खोजी तथा उद्धारकार्य सुरु

इन्डोनेसिया विमान दुर्घटनाग्रस्त स्थल भेटियो, खोजी तथा उद्धारकार्य सुरु

  • आइतवार, पौष २६ २०७७

  • 989
    SHARES

  • इन्डोनेसिया विमान दुर्घटनाग्रस्त स्थल भेटियो, खोजी तथा उद्धारकार्य सुरु

    एजेन्सी । इन्डोनेसियाका अधिकारिहरुले विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको बताएका छन् । ६२ जना सवार श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो ।

    राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो । जकार्ताबाट पोन्तिएनाकका लागि उडेको विमान दुर्घटनामा परेको हो । विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।

    विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज पठाइएको छन् । साथमा नेभी डाइभर पनि छन् । दुर्घटनाग्रस्त विमानको भग्नावशेष ठानिएको सामग्रीको अनुसन्धानकर्ताले त्यसको विश्लेषण गरेका छन् ।

    राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन् । दुर्घटनामा परेको विमान ७३७ म्याक्स भने होइन । बोइङ्गको ७३७ म्याक्स लगातार दुर्घटनाका कारण हाल विश्वभर ग्राउण्डेड छ । तर बोइङ्गकै अर्को मोडलको विमान इन्डोनेशियामा दुर्घटनामा परेको हो ।

    विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए ।


    आइतवार, पौष २६ २०७७०७:१७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij