Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

अदालतले जे भन्यो सबैले त्यही मान्नुपर्छ : देउवा

अदालतले जे भन्यो सबैले त्यही मान्नुपर्छ : देउवा

  • शनिवार, पौष २५ २०७७

  • 980
    SHARES

  • अदालतले जे भन्यो सबैले त्यही मान्नुपर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटनसम्बन्धि मुद्दामा सर्वोच्चको निर्णय पर्खिनुपर्ने बताउनुभएको छ । काठमाडौं क्षेत्र नं. ५ (ख) ले आज बूढानिलकण्ठमा आयोजना गरेको विरोधसभामा बोल्दै उहाँले जुलुसको आधारमा अदालतले निर्णय गर्नु नहुने धारणा राख्नुभएको छ ।

    ‘अदालतले जे निर्णय गर्छ, त्यो हामीले मान्नुपर्छ । अदालतलाई कसैले पनि प्रभावित गर्नुहुँदैन । जुलुसको भरमा अदालतले निर्णय गर्नुहुँदैन’, सभापति देउवाले भन्नुभयो, ‘अदालतले विवेक पु¥याउने हो । संवैधानिक मूल्य र मान्यतालाई पालना गर्ने हो । यही गर, ऊ गर भन्न मिल्दैन । संसद् पुनर्स्थापना भएन भने चुनाव हुने अवस्था आउँछ । चुनाव गराउन दबाब दिनुपर्छ । चुनाव लड्नका लागि तयार हुनुपर्छ ।’

    सभापति देउवाले सर्वाेच्चभन्दा पनि ठूलो अदालत जनता भएको भन्दै जनतामाझ जाने मौका पाए कांग्रेस जान तयार हुनुपर्ने बताउनुभयो ।  अदालतमा विचाराधीन मुद्दाको विषयमा बोल्न नहुने उहाँको स्पष्टोक्ति छ ।

    सभापति देउवाले आफूलाई प्रधानमन्त्री ओलीले निर्धारित मितिमा चुनाव गराउँछन् भन्नेमा आफू विश्वस्त नभएकोसमेत बताउनुभयो ।

    ‘मलाई विश्वास छ, ओलीले चुनाव गराउँछन्, गराएनन् भने सबै जनता मिलेर जनताले ओलीलाई नेपालमै बस्न नदिने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो ।

     


    शनिवार, पौष २५ २०७७०३:५१:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij