काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा मधेसका बासिन्दाले आज काठमाडौँमा प्रदर्शन गरेका छन् । उनीहरुले धोती, कुर्ता, गम्छासहित पगरी लगाएर ¥याली निकालेका छन् ।
¥यालीमा प्रधानमन्त्री ओली मधेशीको ‘ज्यान’ रहेको दाबीसमेत गरिएको छ । उनीहरुले ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’नारासहित प्रदर्शन गरेका हुन् ।
साथै, उनीहरुले ‘केपी ओली जिन्दावाद, साथ दिन तयार छौँ, आज होइन भोलिलाई १० वर्ष ओलीलाई, भन्ने जस्ता नारा पनि लगाएका थिए ।
। नेकपाको ओली पक्षीय राष्ट्रिय युवा संघको आह्वानमा काठमाडौँको बिजुलीबजारबाट धोती जुलस निस्किएको हो । जसको नेत्तृत्व महेश बस्नेतले गरेका छन् ।
उक्त जुलुस बबरमहलबाट निस्केर माइतीघर हुँदै प्रज्ञा भवन पुगेको थियो । जुलुसको नेतृत्व प्रज्ञा भवनमा हुने कार्यक्रमलाई प्रधानमन्त्री ओलीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघिसम्म प्रधानमन्त्री ओली मधेसविरोधीका रपमा चित्रित भएका थिए । उनले आन्दोलनका क्रममा मधेसीले बनाएको मानव साङ्लोलाई ‘माँखे साङ्लो’को संज्ञा दिएका थिए । त्यसयता ओली मधेसमा अलोकप्रिय थिए । त्यसैलाई चिर्न प्रभु साहलगायतका नेताले नयाँ जुक्ति फुराएर ‘धोती जुलुस’ निकालिएको बताइएको छ । साह पुष्पकमल दाहाल प्रचण्डलाई छोडेर ओली समूहमा लागेका नेता हुन् ।