काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदै हुनुहुन्छ । प्रचण्ड साँझ काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ ।
पुस २० मा पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड मुम्बइ जानुभएको थियो । पाँच दिन मुम्बइमा पत्नी सँगै रहनुभएका प्रचण्ड आज स्वदेश फर्कन लाग्नुभएको हो ।
लामो समयदेखि उहाँकी पत्नी सीता दाहाल बिरामी हुनुहुन्छ । यसअघि विभिन्न अस्पतालमा उपचार गराउँदै आएको सीतालाई यसपटक मुम्बइ लगिएको हो । सीतालाई उपचारकै क्रममा छोडेर प्रचण्ड स्वदेश फर्कने उहाँको सचिवालयले जनाएको छ । सीतासँग उहाँका छोरीहरु छन् ।