Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने

अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने

  • शनिवार, पौष २५ २०७७

  • 1.4K
    SHARES

  • अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने

    काठमाडौं । विदेशबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । विदेशी लगानीकर्ता आकर्षित गर्न सरकारले उद्योग विभागका सम्पूर्ण काम अनलाइनमैत्री बनाउन लागेको हो ।

    विभागले सम्पूर्ण काम अनलाइनबाटै गर्न सफ्टवेयर डिजाइन गरिरहेको छ । विभागका महानिर्देशक ज्ञानेन्द्र पराजुलीले सबै काम अटोमेसनमा जानेगरी सफ्टवेयर डिजाइन गर्न लागिएको बताउनुभएको छ ।

    सफ्टवेयर डिजाइनका लागि भेन्डर छनोट गर्ने तयारी अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्षको मध्यबाट सेवा प्रवाह गर्नेगरी सफ्टवेयर डिजाइन हुने महानिर्देशक पराजुलीले बताउनुभएको छ ।

    सफ्टवेयर जडानपछि संसारका जुनसुकै देशबाट पनि उद्योगमा लगानीको प्रस्ताव पेश गर्न सकिने छ । उद्योग विभागअन्तर्गतको एकल बिन्दु सेवाका सबै काम पनि अनलाइनबाटै हुने छ ।

    आगामी आर्थिक वर्षबाट सेवाग्राहीले उद्योग दर्ता, नवीकरण, म्याद थप, भिसा प्रक्रियालगायतका कामहरु अनलाइनमार्फत पाउने छन ।


    शनिवार, पौष २५ २०७७०७:५०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij