Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा अण्डाको मूल्य चार वर्षयताकै उच्च

नेपालमा अण्डाको मूल्य चार वर्षयताकै उच्च

  • शनिवार, पौष २५ २०७७

  • 1.4K
    SHARES

  • नेपालमा अण्डाको मूल्य चार वर्षयताकै उच्च

    काठमाडौं ।  अण्डा उत्पादक किसानले चार वर्षयताकै उच्च मूल्य पाएका छन् ।

    बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा, दानामा भएको मूल्यवृद्धि, उत्पादनमा वृद्धिलगायतका कारणले लागत रकमसमेत नपाएका किसानले अहिले भने राम्रो मूल्य पाउन थालेका छन् ।

    नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले चितवनमा फार्म मूल्य प्रतिक्रेट तीन सय ६० रुपैँया रहेको बताउँदै यो चार वर्ष यताकै उच्च मूल्य रहेको बताउनुभएको छ ।

    कोरोना भाइरसका कारण सुरुका दिनमा मूल्य नपाएका किसान अहिले खुसी देखिन्छन, उहाँले भन्नुभयो, “गत चैत्रदेखि साउनसम्म अण्डा उत्पादक किसानले मूल्य पाएका थिएनन्, भदौदेखि विस्तारै मूल्यवृद्धि भएर अहिले प्रतिक्रेट फार्म मूल्य नै तीन सय ६० रुपैँया भएपछि किसान खुसी भएका छन ।”

    सामन्यतया चिसो मौसममा अण्डाको खपत बढी हुने गर्छ तर अहिले कोरोना महामारीका कारण रोग प्रतिरोधात्मक क्षमता बढाउन अण्डाको उपभोग धेरै हुने गरेकाले मूल्यवृद्धि भएको हो ।

    यता, भारतमा बर्डफ्लु देखा परेपछि सरकारले भारतबाट आयात हुने कुखुराजन्य पदार्थ तथा दाना आयातमा रोक लगाएको छ ।
    खुला सिमानाका कारण नेपालमा उच्च जोखिम रहेको भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयातमा रोक लगाएको छ ।


    शनिवार, पौष २५ २०७७०६:४७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij