Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

माघ १ गते परराष्ट्रमन्त्री भारत जाने प्रधानमन्त्रीको खुलासा

माघ १ गते परराष्ट्रमन्त्री भारत जाने प्रधानमन्त्रीको खुलासा

  • शुक्रवार, पौष २४ २०७७

  • 1.2K
    SHARES

  • माघ १ गते परराष्ट्रमन्त्री भारत जाने प्रधानमन्त्रीको खुलासा

    काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते छिमेकी देश भारतको भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज धनगढीमा आयोजित आमसभा परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणका जान लागेको जानकारी दिनुभएको हो ।

    सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब सीमा नाकाको अवस्था सुधार हुने बताउनुभयो ।

    ‘१४ तारिखमा हाम्रो परराष्ट्रमन्त्री भारत जाँदै हुनुहुन्छ । त्यतिबेला यसको बारे कुरा हुनेछ,’ सुदूरपश्चिम प्रदेशको विकास र सीमा समस्याबारे कुरा गर्दै उहाँले भन्नुभयो ।
    लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा विवाद भएपछि पहिलोपल्ट नेपालका परराष्ट्र मन्त्री भारत जान लाग्नुभएको हो ।

    केही समयदेखि काठमाडौं र नयाँदिल्लीमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणबारे तयारी भइरहे पनि दुवै देशले औपचारिक रूपमा यसको जानकारी दिएका भने छैनन् । यसैबीच, आज प्रधानमन्त्रीले उक्त खुलासा गर्नुभउको हो ।

    प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली आज पहिलोपटक राजधानी बाहिरको कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

    नेकपा ओली समूहले कैलालीको धनगढीमा आयोजना गरेको आमसभामा सहभागी हुन ओली आजै धनगढी पुग्नुभएको हो ।

    प्रधानमन्त्री ओलीले धनगढीको खुलामञ्चमा आज दिउँसो आयोजना हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्रीको आगमनका कारण धनगढीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थलमा तालिम प्राप्त कुकुरसहित सेना परिचालन गरिएको छ भने धनगढीका चोक चोकमा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । ओलीको धनगढी यात्राका क्रममा तनाव हुनसक्ने अनुमान गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    यद्यपि, प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताले उहाँविरुद्ध धनगढीमा विरोध प्रदर्शन गरेका थिए ।

    प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले आज बिहान टायर बालेका हुन् । प्रधानमन्त्री ओलीलाई ६ ठाउँमा कालोझन्डा देखाउने कार्यक्रम रहेको बताइएको छ ।

    सूदुरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट भने प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल जानुभएन । उहाँ प्रचण्ड–माधव भएकाले नजानुभएको हो । आफूलाई प्रधानमन्त्रीको आगमनबारे थाहा नभएको उहाँले बताउनुभएको छ ।

     


    शुक्रवार, पौष २४ २०७७०३:२३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij