Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संघीयताले केन्द्रको एक ठाउँको झगडा सात ठाउँमा फैलायो : केसी

संघीयताले केन्द्रको एक ठाउँको झगडा सात ठाउँमा फैलायो : केसी

  • शुक्रवार, पौष २४ २०७७

  • 1.1K
    SHARES

  • संघीयताले केन्द्रको एक ठाउँको झगडा सात ठाउँमा फैलायो : केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिंहदरबारमा हुने झगडा अहिले देशका ७ ठाउँमा फैलिएको बताउनु भएको छ ।

    केन्द्रीय सरकारको झगडा प्रदेश सरकारमा पनि गएकाले प्रदेश संरचना झगडा फैलाउन माध्यम मात्रै भएको टिप्पणी गर्नुभयो ।
    संघीयता विरोधी नेता केसीले देशको संघियतालाई मरेको सर्पसंग समेत तुलना गर्नुभयो ।

    केसीले आफूहरु अहिले संसद पुनस्र्थापनाको तयारीमा लागी रहेको पनि उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले आफ्नो पार्टीमा एकता जोगाउन नसकेर, पार्र्टी भित्रको रिसको झोँकमा लोकतन्त्रलाई नै धरापमा पारेको उहाँले आरोप लगाउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा अध्यक्ष केसीले भन्नुभयो “संसद भित्र जसको बहुमत हुन्छ, त्यसले सरकार बनाउन मिल्छ, प्रधानमन्त्री अहिले संसदको सदस्य समेत हुनुहुन्न, सदस्य समेत नरहेको मान्छले यो काम गर्न मिल्दैन ।”

    अहिलेको संविधामा कुनै पनि धारामा सरकार प्रमुखले प्रतिनिधि सभा विघटन गर्न पाईने ब्यवस्था नभएको केसीको भनाई छ । उहाँले आफ्नो इतिहास पढेर सडक आन्दोलनमा आउन काँग्रेसलाई सुझाव पनि दिनुभयो ।

    केसीले गणतन्त्रका विरोधी, लोकतन्त्र विरोधी, जनताका अधिकार खोस्नेहरु र सत्ता तथा शक्तिको लागी जे गर्न पनि सक्नेहरुलाई जनताले चिनेर पराजित गर्नु पर्ने उहाँको आसय थियो ।

    प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा उपप्रधानमन्त्री हुनुभएका केसीले राम्रो काम गर्दा ओलीलाई समर्थन गरेको र अहिले राम्रो काम नगरेकाले समर्थन गर्न नसकिएको स्पष्ट पार्नुभयो ।


    शुक्रवार, पौष २४ २०७७१०:१०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij