काठमाडौं । नेकपाको दाहाल-नेपाल समुहले आज देशभरीबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्र बुझाउने भएको छ ।
सवै जिल्ला प्रशासन कार्यालय मार्फत नेपालको संविधान र विरोधपत्र बुझाउने कार्यक्रम रहेको नेताहरुले जानकारी दिएका छन् ।
काठमाडौमा दिउँसो साढे १२ बजेपछि जिल्ला प्रशासन कार्यालय बबहरमहल पुगेर नेकपाका नेताहरुले प्रधानमन्त्री ओलीलाई विरोध पत्र पठाउने भएका हुन् ।
विरोध पत्र बुझाउनु अघि विरोध र्याली समेत आयोजना गरिएको नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएको नेकपाको दाहाल-नेपाल समुहले अहिले दोस्रो चरणको आन्दोलन गरिरहेको छ ।