काठमाडौं । साझा प्रकाशनको अध्यक्ष पदका लागि आज चुनाव हुँदै छ । लेखक र साहित्यकारहरुको सर्वाधिक सम्मानित र चासोको संस्था यतिबेला भने अस्तव्यस्त छ । अध्यक्ष पदका लागि दुई प्रतिस्पर्धी चुनावी मैदानमा आएका छन ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय दर्जनौं कृतिका रचनाकार, विभिन्न विषयमा अनुसन्धानकर्ता, साहित्यकार जीवनचन्द्र कोइराला र साम्यवादी आन्दोलनका सक्रिय विजय सुब्बा साझा प्रकाशनको नेतृत्वका लागि प्रतिस्पर्धा गर्दै छन ।
सुब्बा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिनुहुन्छ । प्रधानमन्त्रीले संसद् विघटन गर्नु पहिलेसम्म उहाँ संघीय सांसद हुनुहुन्थ्यो । कोइराला पूर्णरुपमा लेखक र साहित्यकार हुनुहुन्छ ।
साझा प्रकाशनको निर्वाचनमा कम्युनिष्ट र लोकतान्त्रिक विचारधाराका लेखक, साहित्यकारहरु धुव्रीकृत हुने गरेका छन ।