Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

  • शुक्रवार, पौष २४ २०७७

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री ओली आज धनगढी जाँदै

    काठमाडौं । प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी शर्मा ओली शुक्रबार धनगढी जाँदै हुनुहुन्छ ।

    नेकपा सुदूरपश्चिम (ओली समूह) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी जान लाग्नु भएको हो ।

    विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ। 

    धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन भएपछि दुई समूहमा विभाजित नेकपाको ओली समूहको भेलालाई सम्बोधन गर्न ओली पहिलो पटक सुदूरपश्चिम जान लाग्नुभएको छ ।

    यस्तै, प्रधानमन्त्री ओली आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। स्थानीय प्रशासनको निर्देशनअनुसार ‘हाई अलर्ट’मा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर कडाइ गरेको बताएका छन्।

    नेपाल प्रहरीले पनि सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमसेर जबराले बताउनुभएको छ । 

    उहाँले संयुक्त सुरक्षा व्यवस्था समेत मिलाइएको जानकारी दिनुभयो । सशस्त्र प्रहरीले समेत प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै सुरक्षा योजनालाई थप कडा पारेको छ। 

    नेपाल प्रहरीले जस्तै सशस्त्र प्रहरीले समेत विहिबारदेखि नै नियमित गस्ती बढाएको छ भने जनसभा आयोजना हुने दिन शुक्रबार पनि कार्यक्रम स्थल लगायत धनगढीका आसपासका क्षेत्रमा सशस्त्र प्रहरी पनि परिचालन हुनेछन् । 

    सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले विशिष्ट व्यक्तिको सुरक्षा रणनीतिअनुसार थप सशस्त्र प्रहरी परिचालन गरिएको बताउनुभएको छ । 

    बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जिल्ला सुरक्षा समितिको बैठक बोलाउँदै आवश्यक रणनीति बनाउन नर्देशन समेत दिनुभएको थियो ।

    सुरक्षा समितिले जनपथ, सशस्त्र, नेपाली सेना, राष्ट्रिय अनुसन्धान गरी सबै सुरक्षा अंगलाई उच्च सर्तकता अपनाउन मातहतका युनिटलाई निर्देशन दिने निर्णय समेत गरेको छ। 

    जनसभा स्थल र प्रधानमन्त्री आवातजावत हुने सडकमा कालो झण्डा, कालो ब्यानर बोक्न वा लगाउन पाईने छैन।  


    शुक्रवार, पौष २४ २०७७०७:१७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij