Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित

संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित

  • बुधवार, आषाढ १७ २०७७

  • 951
    SHARES

  • संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित

    काठमाडौं । संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव गरी स्थगित गरिएको छ ।

    नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै संघीय संसदका दुबै सदनको बैठक स्थगित गरिएको हो ।

    ६३ वर्षीया सांसद छन्त्यालको बुधबार विहान बाँसवारीस्थित शहीद गंगलाल हृदय केन्द्रमा उपचारका क्रममा निधन भएको थियो ।

    २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बाग्लुङ जिल्ला क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

    राष्ट्रियसभाको अर्को बैठक असार १८ गते बिहिबार दिउँसो १ बजे र प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।


    बुधवार, आषाढ १७ २०७७०२:४८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij