Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अमेरिकामा भएको हिंसामा ८ महिलासहित ६८ जना पक्राउ

अमेरिकामा भएको हिंसामा ८ महिलासहित ६८ जना पक्राउ

  • शुक्रवार, पौष २४ २०७७

  • 1.3K
    SHARES

  • अमेरिकामा भएको हिंसामा ८ महिलासहित ६८ जना पक्राउ

    काठमाडौं । यूएस क्यापिटल हिल्स अमेरिकी संसद भवनमा भएको हिंसामा हालसम्म ६८ जनालाई पक्राउ गरिसकिएको जानकारी दिइएको छ । तीमध्ये एकजना मात्रै वासिङ्टन डिसीको बताइएको छ ।

    वासिङ्टन डीसीका प्रहरी चिफ रोबर्ट कन्टीले पक्राउ पर्नेमा ८ महिला रहेको जानकारी दिएका छन् । उनका अनुसार विभागले हिंस्रक भीडका एक–एकको पहिचान गरेर उनीहरुलाई यसका लागि जिम्मेवारी ठहर गर्ने दिशामा काम गरिरहेको जानकारी दिएका छन् । 

    प्रहरीले धेरैको तस्बिर निकालेको र उनीहरुको पहिचानका लागि समुदायको सहयोग लिइरहेको पनि उनले जानकारी दिए। 

    यस्तै, छिमेकी राज्य मेरिल्याण्डमा प्रहरीले एक वेबसाइट बनाएर हिंसामा संलग्न मानिसहरुको तस्बिर जारी गर्दै उनीहरुको पहिचान गर्ने कोसिस गरेको छ । 


    शुक्रवार, पौष २४ २०७७०६:०६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij