Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

संसद तीन महिनाभित्र पुनर्स्थापित हुने योगेश भट्टराईको दाबी

संसद तीन महिनाभित्र पुनर्स्थापित हुने योगेश भट्टराईको दाबी

  • बिहिवार, पौष २३ २०७७

  • 975
    SHARES

  • संसद तीन महिनाभित्र पुनर्स्थापित हुने  योगेश भट्टराईको दाबी

    काठमाडौं । नेकपा (प्रचण्ड–माधव) सूमहका नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने दाबी गर्नुभएको छ ।

    आज पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै उहाँले संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय नलाग्ने दाबी गर्नुभएको हो ।

    निर्वाचन आयोगले दलसम्बन्धी व्यवस्था अनुसार आफूहरुलाई चुनाव चिन्ह सूर्य दिनेमा ढुक्का रहेको नेता भट्टराईले बताउनुभयो । प्रधानमन्त्रीले आफूलाई मात्रै नभई देशलाई नै प्रतिगमनतर्फ धकेलेको उहाँको भनाइ छ ।

    उहाँले अहिले शक्ति भएकाले प्रधानमन्त्रीलाई भारतीय नेत्री इन्दिरा गान्धीको जस्तै उन्माद चढेको आरोप लगाउनुभयो । आफू एकलौटी निर्णय गर्ने प्रधानमन्त्रीले सरकारलाई काम गर्न नदिएको भनेर प्रधानमन्त्रीले आफ्नो गल्ती लुकाउन खोजेको नेता भट्टराईले टिप्पणी गर्नुभयो ।

    कुनै विषयमा असहमति भए त्यसको विकल्प संसद विघटन नभएको जिकिर गर्नुभयो ।


    बिहिवार, पौष २३ २०७७०६:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij