Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड र माधवले पनि भुल स्वीकार गर्नुपर्ने कृष्ण पहाडीको टिप्पणी

प्रचण्ड र माधवले पनि भुल स्वीकार गर्नुपर्ने कृष्ण पहाडीको टिप्पणी

  • बिहिवार, पौष २३ २०७७

  • 792
    SHARES

  • प्रचण्ड र माधवले पनि भुल स्वीकार गर्नुपर्ने कृष्ण पहाडीको टिप्पणी

    काठमाडौं । मानव अधिकारवादी कृष्ण पहाडीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले पनि भुल स्वीकार गर्नुपर्ने बताउनुभएको छ ।

    नागरिक समाजका अगुवाहरुसँग अन्तरक्रियामा पहाडीले ओलीको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन आवश्यक रहेकोमा जोड दिनुभयो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रधानमन्त्री केपी ओलीले संविधानको उल्लंघन गरेको बताउनुभयो ।

    कसैको सनकको भरमा संविधान उल्लंघन गर्न नमिल्ने उपाध्यायको भनाइ छ ।

    संविधान मिचेको टुलुटुलु हेरेर बस्न नसकिने उहाँले बताउनुभयो । यता राष्ट्रिय मानव अघिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले राजनीतिक दलको झगडामा देशमा जनता असहजतामा बाँचिरहेको बताउनुभयो ।

    नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्रीले प्रधानमन्त्री ओली अव्यवहारिक व्यक्तिहरुबाट घेरिएको बताउनुभयो ।


    बिहिवार, पौष २३ २०७७०६:४१:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij